साफ यू–१७ च्याम्पियनसिप आजदेखि

रघुजी पन्तको प्रचण्डलाई आग्रह- प्रतिपक्षी दलको नेताको पद चाहिँदैन भने जनार्दनजीलाई दिनुस्

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताबाट बाहिरिएपछि छटपटी देखाएको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री पद गएपछि प्रचण्डले औडाहा र छटपटी देखाएको टिप्पणी गर्नुभएको हो ।

प्रचण्डले कांग्रेस(एमालेलाई लेखा समितिको सभापति नदिएको भन्दै आक्रोश व्यक्त गर्दै चाहियो भने प्रतिपक्षी दलको नेताको पद पनि लैजान गरेको आग्रहको जवाफ दिँदै सांसद पन्तले त्यो पद माओवादी केन्द्रलाई दिएको भन्दै प्रचण्डलाई त्यो पद नचाहिने भए अर्को नेता जनार्दन शर्मालाई दिन सुझाव दिनुभएको थियो ।

उहाँले भन्नुभयो( ‘संविधान त पढ्नुस् नेता ज्यु। प्रमुख पद तपाईँले खोजेर हामीले खोजेर पाउने पद होइन। संविधानले तपाईँको पार्टीलाई दिएको छ,’ उनले भने,‘आफूलाई नचाहिए छेउमै जनार्दनजी ९जनार्दन शर्मा० हुनुहुन्छ उहाँलाई दिनुस्।’

पन्तले सामान्यतया प्रतिपक्षी दलले नयाँ सरकार बनेको सय दिनसम्म सरकारको आलोचना नगर्ने परम्परा रहेको उल्लेख गर्दै प्रचण्डले त्यो परम्परा तोडेको आरोप लगाउनुाभयो ।

साथै सांसद पन्तले प्रचण्डकै कारणले देशले अस्थिरता भोगेको आरोप लगाउँदै भन्नुभयो ( ‘चाहिँदैन सत्ता भन्नुहुन्छ, चाहिँदैन सत्ता भन्नुहुन्छ। हिजो तीनचोटी घरी यता घरी उता, जता सत्ता उतै प्रचण्ड भन्ने व्यक्ति तपाईँ होइन रु यो कुरा संसदभित्र स्थापित गर्ने व्यक्ति को रु तपाईँ स्वयम् होइन। तपाईँका कारण यो देशले अस्थिरता भोगेको होइन रुु

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ८ : ५१ बजे