दाहाल र नेपाल कम्युनिष्ट आन्दोलन कमजोर बनाउने मिसन छन् : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा लागिरहेको बताउनुभएको छ । 

सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै  महासचिव पोखरेलले नेताद्वय दाहाल र नेपाल पूँजिवादतर्फको यात्रा गरेको नेपाली कांग्रेसलाई नेता बनाएर कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिशनमा लागिरहेको बताउनुभयो ।  

उहाँले दाहाल र नेपाल दक्षिणपन्थी अवसरवादको शिकार भएको बताउनुभयो ।  उहाँले भन्नुभयो,‘आज प्रचण्ड र माधव नेपालहरु कांग्रेसलाई नेता बनाएर, कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिशनमा लाग्नुभएको छ ।’ महासचिव पोखरेलले दक्षिणपन्थी अवसरवादमाथि विजय हासिल गर्नुपर्ने विषय आजको राजनीतिको चुनौतीको रुपमा रहेको उल्लेख गर्नभयो । 

 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ४ : ०० बजे