साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

‘नाडा अटो शो–२०२४’ को तयारी पूरा

काठमाडौं । अटोमोबाइल क्षेत्रको कुम्भ मेला अर्थात् ‘नाडा अटो शो– २०२४’ आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरू हुँदैछ । १६औं संस्करणको ‘नाडा अटो शो’को सम्पूर्ण तयारी पूरा भएको छ ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले हरेक वर्ष ‘नाडा अटो शो’ आयोजना गर्दै आइरहेको छ । ६ दिनसम्म चल्ने मेलाका लागि अटो शोमा ९५ वटा प्रदर्शक सहभागी हुने छन् । आयोजकका अनुसार यसका लागि १३० वटा स्टलको व्यवस्था गरिएको छ । प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको छ ।
प्रदर्शनीमा विभिन्न २४ वटा ब्राण्डका चार पांग्रे, १० ब्राण्डका दुई पांग्रे र १२ ब्राण्डका हल्का लाइट सवारी साधन प्रदर्शन गरिने ‘नाडा अटो शो’ समितिका संयोजक अनुपकुमार बरालले बताए ।

नाडा अटो शोमा सवारीसाधनसँगै विभिन्न ब्रान्डका लुब्रिकेन्ट्स, ब्याट्री, टायर, स्पेयर पार्ट्स, विभिन्न ब्रान्डका स्पेयर पार्ट्स, हेल्मेट, ग्यारेज र अन्य अटो कम्पोनेन्टहरूका विशेषज्ञहरुको ३३ कम्पनीहरू रहने छन् ।

अटो शोमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले सहभागी जनाउँदै छन् । यी बैंकहरूले आकर्षक स्किमसहित अटो शोमा सवारी खरिद गर्ने ग्राहकहरूलाई सहज फाइनान्सिङको सुविधा प्रदान गर्नेछन् ।
एसका नेता राजेन्द्र पाण्डेको गुगल सर्चमा एमाले
काठमाण्डौं । नेकपा एसका नेता राजेन्द्र पाण्डेको गुगल सर्चमा अझै पनि एमाले भेटिएको छ । पार्टी विभाजनको भएको ३ वर्ष भन्दा ज्यादा समय भैसक्दा पनि उनको मोवाइलमा भने गुगल सर्चमा भने एमाले नै छ । नेकपा एसको २ महिना अघि सम्पन्न महाधिवेशनदेखि पार्टी नेतृत्वसँग असन्तुष्ट रहँदै आउनु भएका पाण्डेले पछिल्लो आफ्नो छुट्टै सम्पर्क कार्यालयमा पनि खोलिसक्नु भएको छ । संसदीय राजनीतिमा प्रभावकारी भूमिका खेल्ने नेताको पहिचान बनाउनु भएका पाण्डे नेकपा एस भित्र पछिल्लो समय ओझेलमा परिहेको विश्लेषण भैरहेको छ । असार १६ गतेदेखि काठमाण्डौ भएको महाधिवशेनमा पाण्डे वरिष्ठ उपाध्यक्ष हुन खोज्नु भएको थियो । तर आफुबाहेक अरुको अस्तित्व नस्वीकार्ने माधव नेपालले पाण्डेलाई वरिष्ठ हुन नदिई आफूमात्र अध्यक्ष भएर महाधिवेशन सकाएका थिए । त्यसपछि विच्किएका पाण्डेले केहीदिन अघि माधव नेपालले मनोनयन गरेको केन्द्रीय समिति गठनप्रति घुमाउरो असहमति जनाउनु भएको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ११ : ३९ बजे