साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

बीमालेख धितोमा झन्डै एक खर्ब लगानी, कस्को कति ?

काठमाडौं । बीमालेख धितोमा प्रवाह हुने कर्जा वृद्धि भएको छ । जीवन बीमा कम्पनीहरुले बीमालेख धितो राखेर बीमितलाई दिने कर्जा एकै वर्ष साढे ६ अर्ब बढेको देखिएको छ ।
हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले हालै प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०–८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीहरुले गत आ.व.मा कुल ९७ अर्ब ७३ करोड ५२ यो
समग्रमा भन्दा पछिल्लो समय कम्पनीहरुले यस्तो शिर्षकमा प्रवाह गर्ने कर्जा वृद्धि भएको छ ।
त्यसो त कर्जा लिने मध्ये केहीले भने आफू संचालन गरेको व्यवसायको आम्दानीबाट बीमा शुल्क तिर्ने गरेका छन् । यस्तै, कर्जाको किस्ता समेत बुझाउने गरेको पाइन्छ ।
गत आवमा बीमालेख धितोमा नेपाल लाइफले सबैभन्दा धेरै (रकमको आधारमा) कर्जा दिएको छ । कम्पनीले एकै वर्ष ३३ अर्ब ९१ करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको हो । यो कुल प्रवाह भएको कर्जाको ३४.७० प्रतिशत हो । अघिल्लो आवको तुलनामा नेपाल लाइफको यस्तो कर्जा ९ प्रतिशत वृद्धि भएको हो ।
गत आवमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालले पनि २२ अर्ब २१ कारेड ३६ लाख रुपैयाँ र नेशनल लाइफले १० अर्ब ९८ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यता, राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ७१ करोड १९ लाख, हिमालयन लाइफले ७ अर्ब ३७ करोड रुपैयाँ कर्जा बीमालेख धितोमा प्रवाह गरेका छन् ।
बीमालेख धितो कर्जा वृद्धिदर भने सिटिजन लाइफको देखिएको छ । कम्पनीले अघिल्लो आवको तुलनामा यस्तो शीर्षकको कर्जा २७.८७ प्रतिशत बढाएको छ । गत आ.व.मा कम्पनीले ८१ करोड १४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तै, सन नेपाल लाइफको पनि २६.२५ प्रतिशत, रिलायव नेपाल लाइफको २५.८५ प्रतिशत वृद्धि,हिमालयन लाइफको २२.५० प्रतिशत वृद्धि भएको देखिन्छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  १० : ३६ बजे