‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भारत पराजित भएपछि फाइनलमा बंगलादेशसँग नेपालको भिडन्त

काठमाडौं । बंगलादेश काठमाडौँमा जारी साफ यू(२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । यो फाइनल पुगेसंगै अव नेपालको बंगलादेशसंग भिडन्त हुने भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दोस्रो सेमिफाइनलमा पेनाल्टी सुट आउटमा डिफेन्डिङ च्याम्पियन भारतलाई ४का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको हो ।

यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १,१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो ।

अब बंगलादेशले उपाधिका लागि नेपालको सामना गर्ने छ । नेपालले आइतबार पहिलो सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । फाइनल खेल बुधबार हुदै छ ।
निर्धारित समयको खेल १,१ गोलको बराबरी भएपछि नतिजा टाइब्रेकरबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा बंगलादेशका गोलकिपरले भारतको पहिलो र पाँचौं प्रहार रोकेका थिए ।

गत संस्करणमा भारतले बंगलादेशलाई नै हराएर उपाधि जितेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ५ : १८ बजे