‘नेशनल डे कन्सर्ट’ सम्पन्न

साफ यू- २० च्याम्पियनसिपको सेमिफाइनलमा आज भारत र बंगलादेश भिड्दै

काठमाडौँ । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेल आज हुँदै छ । दोस्रो सेमिफाइनलमा आज भारत र बंगलादेश भिड्दै छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि सुरु हुने छ ।

यस खेलको विजेताले फाइनलमा नेपालसँग खेल्ने छ । नेपालले आइतबार पहिलो सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । फाइनल खेल बुधबार हुँदै छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  १ : १० बजे