साफ यू–१७ च्याम्पियनसिप आजदेखि

ओमानका विदेशमन्त्री आज काठमाडौँ आउँदै

काठमाडौँ । ओमानका विदेशमन्त्री सय्यद बद्र विन हमाद अल्बुसैदी दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आउँदै छन् । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । 

नेपाल भ्रमणमा दुई परराष्ट्रमन्त्रीले द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ । यसैगरी, नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालमा रहँदा ओमानका विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

ओमानका विदेशमन्त्रीले मंगलबार नेपालबाट फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।


प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ११ : ४३ बजे