सुनको मूल्यमा नयाँ कीर्तिमान

दक्षिण अफ्रिकाका राष्ट्रपतिलाई कोभिड

एजेन्सी । दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामाफोसामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । 

आइतबार परीक्षणपछिको रिपोर्टमा कोभिड पोजेटिभ दिएको राष्ट्रपतिको कार्यलयले जनाएको छ । राष्ट्रपतिलाई सामान्य लक्षण देखिएको जनाइएको छ । उहाँ आईतबार राजधानी केपटाउनस्थित एउटा कार्यक्रममा सहभागी हुनुभएको थियो । 

दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमणदर पनि तीव्र दरमा बढेको छ । तर, राष्ट्रपतिलाई ओमिक्रोन देखिए/नदेखिएको भन्ने बारेमा केही प्रष्ट पारिएको छैन् । 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १० : २१ बजे