साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

शाइन रेसुंगाले पायो इमर्जिङ एशिया बैंकिङमा बेस्ट बैंक अवार्ड

काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२३ अन्तर्गत नेपालबाट बेस्ट बैंकसहित तीनवटा अवार्ड पाएको छ ।

इन्डियन च्याम्बर अफ कमर्सले भारतको नयाँदिल्लीमा आयोजना गरेको ‘बैंकिङ कनक्लेभ २०२४’ मा उक्त कम्पनीले नेपालबाट ‘बेस्ट बैंक’ सहित बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटोगोरीमा पनि उत्कृष्ट हुँदै तीन अवार्ड हात पारेको हो ।

सो अवसरमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र प्रमुख वित्त अधिकृत भुवन पन्थले अवार्ड ग्रहण गरेका थिए ।

उक्त अवार्डमा कम्पनीले हिलोपटकमै बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरीमा उत्कृष्ट हुँदै अवार्ड जितेको थियो ।अवार्डका लागि इन्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचक निर्धारण गरेको थियो ।

जसमध्ये कम्पनीले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन, कुल ब्याज खर्च, शुल्कमा आधारित आम्दानी, सञ्चालन खर्च, करपछिको खुद नाफा, प्रावधान र आकस्मिकता तथा अन्य आम्दानी लगायतका सूचकहरूमा उत्कृष्ट भएको थियो । उक्त अवसरमा भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमार लगायत देशका बैंकको प्रतिस्पर्धा थियो ।

चुक्तापूँजी ४ अर्ब ७३ करोड कम्पनीको बुटवलमा केन्द्रीय कार्यालय रहेको छ । कम्पनीका लुम्बिनीमा ७२ सहित देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १८ वटा एटीएम सञ्चालनमा छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ४ : ४६ बजे