साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एमाले सचिवालय बैठक आगामी बिहीबार 

काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक तय गरेको छ । आगामी बिहीबार (भदौ १३ गते) सचिवालय बैठक डाकिएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिनुभयो । 

सचिवालय बैठकका एजेण्डा तय गर्नका लागि आज पार्टीको केन्द्रीय कार्यालयको बैठक सम्पन्न भएको छ । 

महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको कार्यालय बैठकले सचिवालय बैठकका लागि पार्टीको वार्षिक कार्य योजना र समसामयिक राजनीतिक विषयका एजेण्डा तय गरेको छ । 

कार्यालय सचिवका डा. अधिकारीका अनुसार सचिवालय बैठक ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे बस्ने भएको छ । 

एमालेको केन्द्रीय कार्यालय बैठकमा महासचिव पोखरेल सहित उपमहासचिवहरू, सचिवहरू र कार्यालय सचिव रहनु भएको थियो । 

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  २ : ४८ बजे