साफ यू–१७ च्याम्पियनसिप आजदेखि

जसपा सुनसरी अध्यक्ष राईसहित सिंगो कमिटी एमालेमा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) सुनसरीका जिल्ला कमिटी अध्यक्ष रबिन राई सहित सिंगो कमिटी एमालेमा समाहित भएको छ । 

कोशी प्रदेशका इन्चार्ज शेरधन राईले टिका लगाई राई सहित ५१ जनालाई एमालेमा समाहित गर्नुभएको हो । 

नेकपा (एमाले) सुनसरीको नवनिर्वाचित कमिटीको पहिलो बैठकका अवसरमा जसपा प्रदेश सदस्य कृष्ण लिम्बु, जिल्ला सदस्यहरू मिश्रा गुरुङ, अमित चन्द्रवंशी, रामभजन मेहता, सप्तकोशी बहुमुखी क्याम्पस बराह क्षेत्र स्ववियु उपसभापति टेकनाथ काफलेसहित ५१ जना नेकपा (एमाले)मा प्रवेश गर्नुभएको हो । 

अब आफ्नै नेतृत्वमा पालिका–पालिकाबाट सयौँ जसपा कार्यकर्ता एमाले प्रवेश गर्ने नवप्रवेशी जसपा जिल्ला अध्यक्ष राईले बताउनुभयो ।

बैठकमा सुनसरी इन्चार्ज जगदीश कुसियत, पूर्वमन्त्री भगवती चौधरी नेकपा (एमाले) कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, पूर्व जिल्ला अध्यक्ष रेवती भण्डारी लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  १ : ५९ बजे