सुनको मूल्यमा नयाँ कीर्तिमान

गुल्मीमा दैनिक ९६ सिलिण्डर अक्सिजन उत्पादन

गुल्मी । कोभिड–१९ का कारण अक्सिजन अभावको कारण बिरामीको ज्यान थालेपछि गत वैशाख अन्तिम साताबाट नेपाल पत्रकार महासंघ गुल्मीले ‘अक्सिजन प्लाण्ट  अभियान’ सञ्चालन गर्‍यो । 

केही समयपछि सरकारबाट समेत बजेट बिनियोजन भयो । बजेट विनियोजनपछि पत्रकार महासंघको अभियान र नेपाल सरकारको संयुक्त लगानीबाट गुल्मीमा प्लाण्ट निर्माण गरिएको छ ।

अभियानबाट संकलित ६० लाख पत्रकार महासंघले गुल्मी अस्पताललाई प्रदान गरेको थियो भने प्लाण्टका लागि नेपाल सरकारबाट एक करोड विनियोजन भएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिनुभयो । फेयर ट्रेड काठमाडौंले एक करोड ३१ लाखको लागतमा प्लाण्ट निर्माण गरेको छ ।

प्लाण्ट व्यावस्थापनको लागि आवश्यक भौतिक संरचना गुल्मी उद्योग वाणिज्य संघले निर्माण गरेको थियो । अहिले २४ घण्टामा ९६ सिलिण्डर उत्पादन भइरहेको पच्याले जानकारी दिनुभयो । अब गुल्मी अस्पतालसँगै जिल्लाका स्वास्थ्य संस्था र घरमै आवश्यक पर्ने बिरामीहरुले पनि सहज रुपमा अक्सिजन पाउने छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ९ : ५१ बजे