‘एउटै नाउरको सिकार गर्न २३ लाख’

रामेछापकाे शैलुङ्गमा पहिरोले चार घर बगायो : दुईको मृत्यु, ११ बेपत्ता

काठमाडौं । रामेछापको शैलुङ्ग गाउँपालिका वडा नम्बर ३ लेखर्क पहरीगाउँमा गएराति पहिरो गएको छ । पहिरोले ४ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको छ भने ११ व्यक्ति बेपत्ता छन् । अहिलेसम्म २ जनाको शव भेटिएको छ। एक बालकको जिवितै उद्धार गरिएको छ।  

रातिको भीषण वर्षापछि आएको पहिरोले अँधेरीखोलाको पुलसमेत बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पहिरोले वडा नम्बर २ र ३ जोड्ने ढाईगाउँ खोलाको पुल बगाएको हो । पहिरो गएको गाउँ जाने बाटोसमेत वर्षाले क्षतिग्रस्त बनाएका कारण उद्धारमा समस्या देखिएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ७ : ५९ बजे