सुनको मूल्यमा नयाँ कीर्तिमान

बाबु अन्तरिक्षमा पुगेको ६० वर्षपछि छोरीको अन्तरिक्ष यात्रा

एजेन्सी । अमेरिकाका प्रथम अन्तरिक्षयात्री एलन शेपर्डकी छोरीले आफ्ना बाबुको मार्ग पछ्याउँदै अन्तरिक्षमा पुग्नुभएको छ । 

बाबु अन्तरिक्षमा पाइला हालेको ६० वर्षपछि छोरी लौरा शेपर्ड अन्य पाँच यात्रुसहित अन्तरिक्ष यात्रा तय गर्नुभएको हो । लौरा अहिले ७४ वर्षकी हुनुभयो।

विश्वका धनाढ्य जेफ बेजोसको ब्लू ओरिजिन नामक कम्पनीले अन्तरिक्षमा पठाएको एउटा व्यावसायिक यानबाट उहाँ अन्तरिक्षतर्फ प्रस्थान गर्नुभएको हो ।
सन् १९६१ को मे ५ मर्करी अन्तरिक्षयान चढेर एलन शेपर्ड अन्तरिक्षमा पुग्नुभएको थियो । उहाँको १९९८ मा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ८ : ३३ बजे