‘नेशनल डे कन्सर्ट’ सम्पन्न

गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रमेश लेखक र भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्सेबीच भेटवार्ता भएको छ ।

शनिबार गृहमन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । शुक्रबार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहराबाट भारतीय बस मर्स्याङ्दी नदीमा खसेपछि भएका घाइतेको अवस्था बुझ्न काठमाडौँ आएकी भारतीय राज्यमन्त्री खडसे गृहमन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेकी हुन् ।

यसअघि दुवैले शिक्षण अस्पताल महाराजगंज पुगेर घाइतेको अवस्था बारे जानकारी लिएका थिए । 

सो दुर्घटनामा २७ जना भारतीय यात्रीको मृत्यु भएको थियो भने १६ जना घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

भेटवार्तामा घाइतेहरुको उपचार, मृत्यु भएकाहरूको शव भारत पठाउनेलगायतका विषयमा छलफल भएको बताइएको छ । बस दुर्घटनामा मृत्यु भएकाहरूको पोस्टमार्टम सकिएको बताइएको छ ।

मृतकहरूको शव लिन भारतीय एयर फोर्सको जहाज नेपाल आउने भएको छ ।


प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ३ : ३८ बजे