साफ यू–१७ च्याम्पियनसिप आजदेखि

भारतीय राज्यमन्त्री खड्सेद्वारा बस दुर्घटनाका घाइतेहरुको उपचारप्रति सन्तोष व्यक्त

काठमाडौं । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले मस्र्याङ्दी नदी किनारामा भएको भारतीय पर्यटक सवार बस दुर्घटनाका घाइतेहरुको उपचारप्रति सन्तोष व्यक्त गर्नुभएको छ ।

शुक्रवार(हिजो) भारतीय पर्यटक सवार बस बिहान करिव साँढे ११ बजे सडकमा अनियन्त्रित भई मस्र्याङ्दी नदी किनारामा दुर्घटना भएको थियो । दुर्घटनामा परि २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । उनीहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । सो घटनापछि शनिबार नेपाल आउनुभएकी भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले शिक्षण अस्पताल पुगेर घाइतेहरुको अवस्थाका बारेमा जानकारी लिनुभएको छ । घाइतेको अवस्था जानकारी लिएसँगै उहाँले सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर गृहमन्त्री रमेश लेखकसँग भेट गर्नुभएको छ । गृहमन्त्रीसँगको भेटमा राज्यमन्त्री खड्सेले दुर्घटनापछि लगत्तै उद्धार हुन सकेको भन्दै उहाँले सन्तोष व्यक्त गर्नुभएको हो । उहाँले उद्धारमा संलग्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सक्रियताका कारण केही व्यक्तिहरुलाई बचाउन सकिएको भन्दै प्रशंसा गरेको जानकारी दिनुभयो । राज्यमन्त्री खड्सेले आफु शिक्षण अस्पताल पुगेर बिरामीसँग बुझ्दा उपचार राम्रोगरी भइरहेको पाएको पनि आफूलाई बताएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘भारत सरकारको युवा तथा खेलकुद राज्यमन्त्रीज्यु आउनुभयो । उहाँले घाइतेहरुलाई भेट्नुभयो । हामीसँग कुरा गर्दा उहाँले नेपाल सरकारले अत्यन्त चाँडो रेस्क्यु गरिदिनु भयो । नेपाल सरकार, रेस्क्युमा संलग्न भएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले राम्रो काम गरेर केही मान्छेहरु बाँच्नुभयो भनेर उहाँले प्रशंसा नै गर्नुभयो त्यो मानेमा । उपचारपनि अस्पतालमा एकदम राम्रो भइराखेको छ भन्ने घाइते भएर बसिरहेका मान्छेहरुलाई मैले सोधे डाक्टरहरुले एकदम राम्रो उपचार हाम्रो गरिराखेका छन् भनेर भन्यो त्यसको लागि पनि धन्यवाद छ भन्नुभयो । हामीले जति सक्यौँ त्यो गर्नुपर्ने नेपाली नागरिक, विदेशी नागरिक सबैका लागि गर्नुपर्ने कुरा हो रेस्क्यु गर्ने कुरा ग¥यौँ । उहाँ अहिले चितवन जानुहुन्छ । त्यहाँबाट लास पनि लगेर उहाँ जानुहुन्छ ।’

राज्यमन्त्री खड्से अब चितवन जाने र शवपनि भारत लिएर जाने मन्त्री लेखकले बताउनु भयो ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ३ : ३४ बजे