‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सफलताका लागि राजेश हमालका टिप्स : सधैँ सजिलो बाटो नखोज्नुस्,आफैँ बाटो खन्नुस्

काठमाडौं । महानायक राजेश हमालले युवाहरूमा इच्छाशक्ति र आत्मविश्वास भए कुनै पनि काम गर्न असम्भव नरहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा काठमाडौं युथ कनक्लेभ—२०२४ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सधैँ अरूले कोरेको बाटोमा मात्रै हिँड्छु भनेर अगाडि जान नसकिने स्पष्ट पार्नुभयो । उहाँले साँच्चिकै अघि बढ्ने हो भने जोखिम मोलेर आफैँ बाटो खन्न सक्नुपर्ने बताउनु भयो । उहाँले आफ्नो भित्री प्यासन र इच्छाशक्तिलाई बुझेर काम गर्न युवाहरूलाई सुझाव दिनुभयो । उहाँले युवाहरूले जोखिम लिएर काम गर्न सके चाहेको कुरा पूरा गर्न सक्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘तपाईँमा तीव्र इच्छाशक्ति छ भने तपाईँमा आत्मविश्वास छ भने जुन किसिमको स्किल, ट्यालेन्ट, जुन किसिमको ज्ञान मसँग छ, त्यसलाई प्रयोग गरेर नकोरिएको बाटो पनि मैले कोर्न सक्छु, भन्ने विश्वास छ भने तपाईँहरू अघि बढ्नुस् । खालि सजिलो बाटो नखोज्नुस् । बनाएको बाटो मात्रै नखोज्नुस् । यसमा गएर फलानोले राम्रो प्राप्त ग¥यो, त्यसमै लाग्नुपर्छ, यसमा यो यो भइरहेको छ  भन्ने सोचेर नहिँड्नुस् । आफ्नो भित्री प्यासन र इच्छालाई बुझेर अघि बढ्नुस् । बाटो पहिल्याउनसके कोही नपुगेको ठाउँमा पुग्नुहुन्छ । युवाहरूमा रिस्क लिने, आफूले चाहेको कुरा पूरा गर्ने अठोट र संकल्प हुनुपर्छ ।’

आफ्नो युनिकनेस पत्ता लगाएर युवाहरूले काम गर्नुपर्ने बताउनु भयो ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  २ : ०० बजे