देउवाले हारे गठबन्धन सरकार हट्दैन, नेतृत्व परिवर्तन हुन्छ : शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले शेरबहादुर देउवा पराजित भए पनि गठबन्धन सरकार कायम हुने बताएका छन् । 

आइतबार आफूलाई मत माग्नका लागि आयोजना गरिएको कार्यक्रममा शेखरले सभापतिका अर्का उम्मेदवार देउवाले आफूले हारे गठबन्धन सरकार हट्छ भनेको भन्दै नेतृत्व परिवर्तन हुने बताए । 

'उहाँले म हारे भने यो गठबन्धन सरकार हट्छ भन्नु भयो। म प्रण गर्न चाहन्छु नेतृत्व परिवर्तन हुन्छ' उनले भने । उनले महाधिवेशनमा आफूले जितेपछि गठबन्धन अझ बढी संगठित हुने र निर्वाचनमा होमिने बताए । 

'सरकारलाई अझ मजबुत बनाउने प्रयास हाम्रो नेतृत्वले गर्ने छ' कोइरालाले भने । 

आफूहरु पार्टीका अनुभवी नेता देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला लगायतको अनुभवलाई लिएर अगाडि बढ्ने बताए। 
महाधिवेशनपछि आफूहरु निर्वाचनमा केन्द्रीत हुने उनले बताए । 

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १० : २३ बजे