मैले सभापतिमा हार्दा देशकै प्रधानमन्त्रीले हार्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले  हार्दा देशको प्रधानमन्त्रीले नै हारेको अर्थ लाग्ने बताएका छन् । 

आज बिहानको एक कार्यक्रममा देउबाले आफूले जित्नैपर्ने भनेको भनी प्रचार गरिएको विषयको खण्डन गर्दै यदि आफूले सभापतिको निर्वाचन हारेमा देशको प्रधानमन्त्रीले हार्यो भनेर नैतिकताको प्रश्न उठ्ने तर्फ आफूले जानकारी मात्र गराएको बताउनुभएको छ ।  

देउबाले भने ‘‘यहाँँ सभापति हार्ने जित्नेभन्दा पनि प्रधानमन्त्री हार्ने जित्ने हो भन्ने सन्दर्भमा मैले भनेको हुँ, म अहिले सभापति छु, प्रधानमन्त्री पनि छु, सभापतिमा हारेँ भने प्रधानमन्त्री हा¥यो भन्छन्, नैतिकताको कुरा उठाउँछन् । यो सरकार चुनावसम्म नजान पनि सक्छ । मैले जित्नुको अर्थ चुनावसम्म यही सरकार हुन्छ र त्यसपछि भोलि गाउँदेखि केन्द्रसम्म कांग्रेसको बहुमतको सरकार हुन्छ भनेको हो, मैले सभापति जित्नुपर्छ भन्ने पसङ्ग मात्र निकालेको हो ।” 

 

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ५ : ५८ बजे