एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

रेणुका बा र हाम्रा बा

गत वर्ष नेपाल गएको बेला एक जना बालकसँग भेट भयो । उ भनि रहेको थियो “रेणुका बा मेयर बनाउन लागे, हाम्रा बा देश बनाउन”। मैले उस्लाई सोधे “को हो तिम्रो बा ? उस्ले गर्वका साथ भन्यो “केपि ओली”। मैले उसलाई प्रतिप्रश्न गरें “कसरी तिम्रा बा ?”  “तपाईं त पत्रकार हो क्यारे कुरा यताउता नबनाउनु होला, मैले मेरा बा भनिरहेको छैन । हाम्रा बा भन्दैछु ।” उस्ले थप्यो” मलाई राजनीतिको बारेमा थाहा छैन । खासै चासो पनि राख्दिन । हिजोका दिनमा म जस्ता हजारौं बालबालिकाहरू सडकमा “सडक (खाते) बच्चा” को जीवन बिताई रहेका थियौं । के.पी. ओली यस्तो प्रधानमन्त्री हो, जस्ले हामीलाई अभिभावकत्व प्रदान गरेर आश्रय दियो, स्कूल जाने वातावरण सृजना गर्यो ।  त्यसैले मैले के.पी.ओलीलाई हाम्रा बा भनेको हुु ।” उसले बिट मारÞ्यो” सुनेको थिए ‘तिम्रा बा हाम्रा बा माछा मार्न गए, तिमलाई टाउको मलाई पुच्छर बराबरी ल्याए ‘। तर, यतिबेला तिम्रा बा के गर्दैछन मलाई थाहा छैन । रेनुका बा मेयर बनाउन लागे, हाम्रा बा देश बनाउन ।” 

आमाको मृत्यु पश्चात बाले अर्की श्रीमती ल्याएपछि सौतेनी आमाको गाली र कुटाई खप्न नसकेर सात वर्षको उमेरदेखि सडकमा सुत्दै र बस्दै आएका काठमाडौं बुढानीलकण्ठका सन्तोष तामाङ आठ वर्षपछि स्कूल जान थालेका रहेछन । त्यो बालकले त्यतिबेला भनेको कुरा यतिबेला मेरो मानसपटलमा नाची रहेछ । के साच्चै के.पी. ओली “ओली बा” बन्दैछन ! ? म देखिरहेछु, सुनिरहेछु । राजनीतिबाट टाढा रहेका युवा पुस्ता ओली बा जिन्दावाद भन्दै सडकमा नारा लगाई रहेका छन् । ‘आई एम वीथ केपी ओली’ भन्दै फेसबुक, टिकटक र ट्वीटरमा पोष्ट गरिरहेका छन । कलाकारहरू ‘ओली बा’ भन्दै गीत गाइरहेका छन । बुढाबुढी, असक्त र एकल महिलाहरू ‘केपी ओली हाम्रो सहारा हो’ भन्दैछन । देशभक्त र राष्ट्रप्रेमीहरू केपी ओलीको स्वाभिमान र आँटको सम्मान गरिरहेका छन । विकासप्रेमी जनताहरू ओलीका सपना अनि पुनर्निर्माण भइरहेका संरचनाहरू, बाटोघाटो र पुलपुलेसाहरू देखेर दङ्ग छन । राजा महेन्द्र पछिका विकासप्रेमी नेता केपी ओली भन्दैछन ।

प्रधानमन्त्री बन्नु अघि मधेस बिरोधी भनेर प्रचार गरिएका केपी ओली आज मधेसकै जनताका प्रिय नेता बनिरहेका छन । मधेसको विकासमा ओलीले दिएको प्राथमिकताको प्रशंसा गरिरहेका छन । साँचो अर्थमा मधेस र मधेसी जनताको हित चाहाने नेता केपी ओली बनिरहेका छन ।

यो मुलुकमा सौरभका बा ले पनि मौका पाएकै हुन । निर्भिकका बा पनि त्यो ठाउँमा पुगेकै हुन । जैबीरका बा ले पनि धरै पटक मौका चुकाएकै हुन । धेरै आशा र भरोसा कै बीचमा मानुसीका बा ले पनि केही गरेर देखाउन सकेनन् ।

विगतमा माओवादी गतिविधीको कटु आलोचक भनेर चिनिएका ओली आज  माओवादी लडाकुका समेत आश्रय बनिरहेका छन । खाडी मुलुकमा अलपत्र परेका नेपाली कामदार हुन वा चीनमा कोरोनाका कारण रोकिएका विद्यार्थीहरूको उद्धारमा देखाएको तत्परताले पनि केपी ओली युवा पीढीमा हाई हाई भएका छन । यीनै र यस्तै क्रियाकलापले गर्दा केपी ओलीलाई सबैका बा बन्ने अवसर प्रदान गरिरहेको हुनुपर्छ !

केपी ओली पहिलो पटक प्रधानमन्त्री बनिरहदा यो मुलुकमा भारतले चर्को नाकाबन्दी लगाएको थियो । त्यो नाकाबन्दीको सामना गरेर अगाडी बढ्नु ठूलो चुनौती थियो । त्यो चुनौतीको सामना गर्दै जसरी ओलीले भारतलाई झुक्न बाध्य पारे त्यसले नेपालीको शान र गौरव बढायो । त्यही अवसरमा ओलीले चीनसँग पारवाहन सम्झौता गरेर भारतको एकाधिकारको अन्त्य गरिदिए । नेपालले उत्तरी सीमाबाट पनि व्यापार व्यवसाय सञ्चालन गर्न सक्ने ब्यवस्था मात्र मिलाएनन् चीनिया रेल नेपाल भित्रिने बाटोसमेत खोलीदिए ।

पूर्व, पश्चिम र दक्षिणमा सीमा जोडिएको भारतले नेपालको सीमा मिचेको कुरा पटक पटक उठ्ने गरेको भए पनि ‘बिरालोको घाँटीमा घण्टी कस्ले बाँध्ने ?’ भनेजस्तो भारतसँग कसैले पनि डटेर कुरा राख्न समेत सकेका थिएनन् । तर केपी ओलीले भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाललाई फिर्ता गर्नुपर्ने माग गर्दै त्यो क्षेत्रलाई नेपालको नक्सामा समेत समावेश गरे, संसद्बाट पारित पनि भयो, नक्सा छापियो, नक्सा चुच्चे नै भए पनि आफ्नो मातृभूमी रक्षाको पक्षमा केपी ओलीको यो साहसलाई आज सिङ्गो राष्ट्रले सम्मान गरेको छ ।

केपी ओली दोस्रो पटक प्रधानमन्त्री हँदा मुलुक भूकम्पले ध्वस्त भएको थियो । ध्वस्त भएका संरचनाहरुको पुनर्निर्माण गर्नु, पालमुनी बसेका जनतालाई राहत उपलब्ध गराउनु र उनीहरुको व्यवस्थापन गर्नु ओलीका सामु चुनौति थियो । आज ती कामहरू धेरै पूरा भइसकेका छन भने केही पूरा हुने क्रममा छन । 

काठमाडौँमा भरखरै सम्पन्न रानी पोखरीको संरचना र “मेरो धरहरा मै बनाउँछु” भन्ने उदघोषका साथ ठडिएको धरहराले काठमाडौँको मात्र हैन सिङ्गो नेपाल र नेपालीको गौरव बढाएको छ । त्यसको जस पनि यतिबेला केपी ओलीलाई नै जान्छ । भन्न त विरोधीहरूले भूकम्प नगएको भए केपी ओलीले के गथ्र्यो होला? पनि भन्ने गर्दछन । छातीमा हात राखेर भन्ने हो भने त्योभन्दा पहिले कस्ले के गरे ? किन अरु कोही ‘हाम्रा बा’ बन्न सकेनन् ? गर्ने काम त थुप्रै थियो, थुप्रै छन । तर खोई त ?

जतिबेला यो मुलुकमा रेणुका बा प्रधानमन्त्री बने, त्यतिबेला सबै नेपालीले ठूलो सपना देखेका थिए । अब मुलुकमा केही परिवर्तन हुन्छ भन्ने आशा र भरोसा राखेका थिए । उनले चाहेको भए हुन्थ्यो पनि । तर, नेपालीको दुर्भाग्य ! सन्तोषले भने जस्तै उनी छोरीलाई जसरी पनि मेयर बनाउन कुदे । आफु, आफ्नो परिवार, नातागोता, अलि परका नातागोता, आफ्नै पार्टीका टाठाबाठा नेता कार्यकर्ताभन्दा भन्दै आफ्नै भर्याङ बनेका कार्यकर्ता र लडाकुहरू पनि टाढा बन्दै गए । हिजोको अफ्ठ्यारो अवस्थामा साहारा र आश्रय दिनेहरू नचिन्ने अवस्थामा पुगे । यस्तो हो भने ” हाम्रा रेणुका बालाई कतै देख्नुभयो ?” भन्ने अवस्था नआओस् !

यो मुलुकमा सौरभका बा ले पनि मौका पाएकै हुन । निर्भिकका बा पनि त्यो ठाउँमा पुगेकै हुन । जैबीरका बा ले पनि धरै पटक मौका चुकाएकै हुन । धेरै आशा र भरोसा कै बीचमा मानुसीका बा ले पनि केही गरेर देखाउन सकेनन् । तर, आज केहि भइरहेको छ । केही हुन खोजिरहेको छ । मेलम्चीको पानी काठमाडौँमा आयो । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईले देखेको सपना साकार पार्ने काम केपी ओलीबाटै भयो । जनकपुरमा रेल चल्यो । कोशी र गण्डकीमा सानो आकारमा भए पनि पानी जहाज चल्यो । तुइन विस्तापित भयो । तुइनको ठाउँमा झोलुङ्गे पूल र पूलहरु बनिरहेका छन । वर्षौदेखि चर्चामा रहेको हुलाकी मार्गले गति पायो । पूर्णताको चरणमा छ । देशैभरि बाटोघाटो खुल्दैछन । पुराना राजमार्ग चौडा र विस्तार हुँदैछन । लुम्बिनी, पोखरा र निजगढमा अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य, फाष्ट ट्रयाक र सुरूङ्गमार्ग बन्दैछ । सयौँ अस्पतालहरू सिलान्यास भएका छन । र पनि केही असन्तुष्ट आत्माहरु भनिरहेका छन् ‘केही भएकै छैन । जे भएको छ, वर्बादी मात्र भएको छ । अरूका बा जे सुकै गरुन, ओली बा ले काम गरून । कुकुरहरू भुक्दैरहन्छन, हात्ती लम्की रहन्छ । केपी ओली सबै नेपालीका बा बन्न सकुन् शुभकामना!

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १० : ४० बजे