‘एउटै नाउरको सिकार गर्न २३ लाख’

माओवादी निकट सार्वजनिक यातायात महासंघका अध्यक्ष खनाल एमालेमा 

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डा. डोलनाथ खनाल नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।

यसैगरी माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा खोटाङ जिल्ला सचिव भुवन आचार्य पनि आजै एमालेमा प्रवेश गर्नुभएको छ ।

नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटव्युरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य रचना खड्का लगायत नेताहरूले उहाँहरूलाई आज पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा खनाललाई खादा लगाई स्वागत गर्नुभएको हो ।

यातायात व्यवसाय क्षेत्रका नेता खनाल नेकपा माओवादी केन्द्रको भौतिक पूर्वाधार तथा यातायात विभागका सदस्य हुनुहुन्छ भने माओवादीको जनसंगठन नेपाल उद्योग व्यवसायी महासंघका उपाध्यक्ष हुनुहुन्छ ।

करिब ३५ बर्ष यातायात व्यवसायमा रहेर महासंघमा १८ बर्ष महासचिव लगायत पदाधिकारीको जिम्मेवारी सम्हाल्नुभएका खनालले यातायात क्षेत्रको सुधार नेकपा (एमाले)बाट मात्र सम्भव हुने देखेर नेकपा ९एमाले०मा समाहित भएको बताउनुभयो । उहाँ बाँकेका स्थायी बासिन्दा हुनुहुन्छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  ४ : ०७ बजे