साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

एभरेष्ट बैंकको बानेश्वर शाखा आफ्नै भवनमा

काठमाडौँ । एभरेष्ट बैंकको बानेश्वर शाखा आफ्नै भवनमा सरेको छ । काठमाडौँ महानगरपालिका वडा नं. १०, नयाँ बानेश्वर स्थित एभरेष्ट बैंकको साविकको स्थानबाट करिब १५० मिटर पश्चिम आफ्नै नव निर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ सेवा सुरु गरेको हो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले भवन उद्घाटन गर्दै बैंक विश्वासको सहयात्री भएको र नयाँ बानेश्वर र सो आसपासका बासिन्दालाई सरल, उत्कृष्ट, अत्याधुनिक तथा स्तरीय बैंकिङ सेवा प्रदान गराउने बताए ।

बैंकले एकै स्थानबाट सम्पूर्ण डिजिटल प्रविधि चलाउन मिल्ने ‘डिजिटल संसार’ को शुभारम्भ गरेको छ । उक्त डिजिटल संसारमा, बैंकिङ क्षेत्रको हालसम्मकै अत्याधुनिक प्रणाली जडित उपकरणमार्फत ग्राहकलाई डिजिटल सेवा दिने व्यवस्था गरेको छ । त्यसैगरी उक्त स्थानको सुरुवातसँगै ग्राहकहरूले एकै स्थानबाट खाता खोल्ने, नगद कारोबार गर्ने, चेक डिपोजिट गर्ने साथ साथै सेवासम्बन्धी गुनासोसम्म डिजिटल प्रविधि प्रयोग गरी गर्न सक्ने व्यवस्था रहेको छ ।

स्मरण रहोस्, पंजाब नेशनल बैंक भारतको साझेदारी रहेको यस बैंकका १४ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् । देशैभरि छरिएर रहेका १२८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६६ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  २ : १२ बजे