साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्‍यो सवारी कर्जा योजना

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले गाडी किन्नका लागि रु. १ करोडसम्म ऋण दिने भएको छ । बैंकले नेपालीहरूको महान् चाड तीज, दशैँ, तिहार र छठलाई लक्ष्य गर्दै सवारी कर्जा योजना सार्वजनिक गरेको हो ।

बैंकका अनुसार नयाँ गाडी खरिद गर्दा बैंकले ७.७७ प्रतिशत ब्याजदरमा ऋण प्रवाह गर्नेछ भने यो शीर्षकमा अधिकतम रु. १ करोड रुपैयाँसम्मको कर्जा पाइने बैंकले जनाएको छ । यो योजना भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागु हुने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  २ : ०४ बजे