‘नेशनल डे कन्सर्ट’ सम्पन्न

साफ यू–२० च्याम्पियनसिप : समूह विजेता बन्न नेपाल र बंगलादेश भिड्दै

काठमाडौं। काठमाडौंमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताअनतर्गत समूह ‘ए’को अन्तिम खेलमा आज घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । यो खेलको विजेता टोली समूह विजेता र पराजित हुने टोली समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछन् ।

समूह ‘ए’ मा लगातार दोस्रो हार भोग्दै श्रीलंका समूह चरणबाटै बाहिरिएको छ । श्रीलंका बाहिरिएसँगै नेपाल र बंगलादेश एक खेल अगावै सेमिफाइनल पुगिसकेका छन् ।

समूह ‘ए’को विजेताले सेमिफाइनलमा समूह ‘बी’को उपविजेतासँग खेल्नेछ । समूह उपविजेताले समूह ‘बी’को विजेता टोलीसँग खेल्नेछ ।

समूह चरणको पहिलो खेलमा श्रीलंकालाई १–० ले पराजित गरेको नेपाली युवा टोली बंगलादेशलाई पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनल खेल्न चाहन्छ ।

उता श्रीलंकामाथि २–० को जित निकालेको बंगलादेशको टोली नेपाललाई घरेलु मैदानमा नै स्तब्ध पार्न चाहन्छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  ८ : ३९ बजे