साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आन्ध्र प्रदेश : रिएक्टरमा विस्फोट हुँदा तीनको मृत्यु, १७ घाइते

अनाकपल्ली (आन्ध्र प्रदेश, भारत) । अनाकपल्ली जिल्लाको अचुतापुरम विशेष आर्थिक क्षेत्र (सेज) मा रहेको एक कम्पनीमा रिएक्टर विस्फोट हुँदा तीन जनाको मृत्यु र १७ जना घाइते भएका छन् ।

“घटनामा तीन जनाको ज्यान गएको छ र १७ जना घाइते भएका छन्”, आन्ध्र प्रदेशका श्रम, कारखाना, बोइलर र बीमा चिकित्सामन्त्री वासमसेट्टी सुभाषले भन्नुभयो ।

अच्युतपुरमस्थित एक कम्पनीमा रिएक्टर विस्फोटमा परी घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।

बाक्लो धुवाँका कारण उद्धारकर्मीहरू अहिले परिसरमा प्रवेश गर्न सकिरहेका छैनन् र उद्धार कार्य जारी छ । कम्पनीभित्र अझै कति मानिस फसेका हुनसक्छन् भन्नेबारे स्पष्ट भएको छैन ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  ७ : ०६ बजे