‘नेशनल डे कन्सर्ट’ सम्पन्न

‘डार्क फाइल’ प्रकरण : राजकुमार तिमल्सिना पक्राउ

काठमाडौं । ‘द डार्क फाइल’ प्रकरणमा राजकुमार तिमल्सिना पक्राउ परेका छन् ।

उनले सिधाकुरा डट कमलाई डार्क फाइलको अडिओ उपलब्ध गराएका थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पेप्सिकोलास्थित डेराबाट पक्राउ गरेको हो । उनलाई बैंकिङ कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीविरुद्ध अन्य दुईरतीन वटा कसुरमा पनि मुद्दा परेको र त्यसमाथि पनि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यसैबीच सर्वोच्च अदालतले द दार्ड फाइल प्रकरणको फैसला भोलि सुनाउने मिति तय भएको छ । मुद्दा सुनुवाइ गर्न सर्वोच्चले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीशको बृहत् इजलास गठन गरेको थियो।

जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल हुनुहुन्छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ९ : २९ बजे