देउवाविरुद्ध सबै एक जुट हुन्छौ : विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका प्रत्याशी विमलेन्द्र निधिले शेरबहादुर देउवालाई पराजित गर्न दोस्रो चरणको निर्वाचनमा एकजुट हुने बताएका छन् ।

पत्रकारहरुसँग कुराकानी गर्दै निधिले सभापति पदमा पहिलो चरणको निर्वाचनमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसक्ने दावी गरेका छन् । ‘पहिलो चरणमा कसैको पनि बहुमत आउँदैन । दोस्रो चरणमा देउवाविरुद्ध हामी सबै एक जुट हुन्छौं’, निधिले भने । कांग्रेसको महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने र सरकारको नेतृत्वसमेत परिवर्तन गर्ने दावी निधिले गरेका छन् ।

निधिले नेतृत्व परिवर्तनका लागि सबै जना एकै ठाउँ उभिनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ३ : ०१ बजे