‘नेशनल डे कन्सर्ट’ सम्पन्न

श्रीमतीको हत्या गरेको अभियोगमा प्रक्राउ

झापा । आफ्नै श्रीमती ३० वर्षीया रन्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-८ शिवालय टोल बस्ने ४७ वर्षीय ओम प्रकाश अधिकारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ओम प्रकाशले घरायसी विवादको कारण खुकुरी प्रहार गर्दा रन्जनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले ओम प्रकाशलाई खुकुरीसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ५ : २२ बजे