काठमाडौँ । नागढुंगा नजिकै खसेको पहिरोका कारण मुग्लिङ–काठमाडौँ सडक अझै अबरुद्व रहेको छ ।
लगातारको बर्षा र पहिरोले नागढुंगा नजिक झ्याप्ले खोलमा खसेको पहिरो पन्छाउने नसकेपछि सडक अझै अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पानी परिरहेको र पहिरो खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको बताएको छ । वर्षा रोकिएपछि पहिरो पन्छाउन ३ देखि ४ घण्टा लाग्ने बताइएको छ ।
बिहानैदेखि सडक अवरुद्ध भएपछि अहिले दुवैतर्फ सवारी साधनको लामो लाइन देखिएको छ ।
प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार ४ : ५८ बजे
प्रतिक्रिया