‘नेशनल डे कन्सर्ट’ सम्पन्न

साफ यू-२० च्याम्पियनसिपमा आज माल्दिभ्स र भुटान खेल्दै

काठमाडौँ । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समूह बी अन्तर्गत माल्दिभ्स र भुटान खेल्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराह्न ३ बजेदेखि सुरु हुँदै छ ।

आइतबारदेखि सुरु भएको प्रतियोगिताको समूह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका बाहिरिएको छ । 

त्यस्तै  सोमबार भएको समूह बी को खेलमा भारतले भुटानलाई १-० गोलले पराजित गरेको थियो । भुटानले आजको खेल जित्नै पर्ने अवस्थामा खेल्दै छ ।  आजको खेल भुटानले हारेमा प्रतियोगिताबाट बाहिरिने छ । 

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समूह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समूह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् । 

त्यस्तै नेपालले भने समूह चरणको अर्को खेल बिहीबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ । 

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ११ : ४७ बजे