पाइलट बाबाको निधन

काठमाडौं । भारतका चर्चित सन्त पाइलट बाबाको निधन भएको छ ।

भारतीय मिडिया एबिपी न्यूजका अनुसार जुना अखडाका महामंडलेश्वर पायलट बाबा लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । उहाँको दिल्लीको एपोलो अस्पतालमा निधन भएको हो ।

उहाँको हरिद्वारमा समाधि लगाइने बताइएको छ । उहाँ भारतीय वायुसेनामा विंग कमाण्डर हुनुहुन्थ्यो । त्यसैले उहाँलाई पाइलट बाबाको नामले प्रसिद्धि मिलेको थियो । उहाँले पाकिस्तानसँगको दुई युद्धमा फाइटर पाइलटको भूमिका खेलेपछि सन्यास लिनु भएको थियो ।

पायलट बाबाको महासमाधीको जानकारी उहाँको इन्स्टा एकाउन्टमार्फत आएको हो ।

इन्स्टाग्राममा लेखिएको छ,’ओम नमो नारायण, हार्दिक श्रद्धाञ्जलीका साथ हाम्रा प्यारा गुरुदेवप्रति विश्वभरका सम्पुर्ण शिष्य, भक्तजनहरुमा हाम्रो पूज्य गुरुदेव महायोगी पायलट बाबाजीले आज महासमाधी लिनुभएको छ । उनले आफ्नो नश्वर शरीर त्यागेका छन् । यो हामी सबैको घरमा बसेर प्रार्थना गर्ने समय हो । कृपया यसलाई सहज रूपमा लिनुहोस् । यो समय शान्त रहन र उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने समय हो । थप जानकारी साझा गरिनेछ,’ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ७ : ४९ बजे