‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नेपाल र बंगलादेश साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं। काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका छन् ।

समुह ए अन्तर्गत मंगलबार सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई २-० ले पराजित गरेसँगै नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका हुन् । समूह ‘ए’ का दुवै खेलमा हार बेहोरेपछि श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ ।

आइतबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा समूह ‘ए’ मा रहेको नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको थियो भने सोमबार भएको समूह ‘बी’ को खेलमा भारतले भुटानलाई १-० गोलले पराजित गरेको थियो ।

समुह ‘ए’ मा पहिलो खेलमा नेपालसँग पराजित भएको श्रीलंका सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ भने बंगलादेशले आफ्नो पहिलो खेल खेल्दै छ ।

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समूह ‘ए’ बंगलादेश र श्रीलंकासँग रहेको छ भने समूह ‘बी’ मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।

त्यस्तै नेपालले भने समूह चरणको अर्को खेल विहीवार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ८ : ४८ बजे