साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नाडा अटो शोमा केईले तीन ओटा मोडल सार्वजनिक गर्ने

काठमाडौँ । आगामी नाडा अटो शोमा लन्च गरिने तीन ओटा गाडीका मोडलको नाम बताई पुरस्कार जित्न नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले सोसियल मिडिया क्याम्पेन सुरु गरेको छ ।

यसमा सहभागिता जनाउन केई नेपाल को फेसबुक तथा इन्स्टाग्राम पेजमा गई सोधिएका प्रश्नको उत्तर लेख्नुपर्नेछ । सहभागीमध्येबाट तीन वटै मोडलहरूको सही पहिचान गरी उत्तर दिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोसको मिक्सर ग्राइण्डर प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

यो क्याम्पेन भदौ १० गतेसम्म चल्ने बताइएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ६ : १९ बजे