सुनको मूल्यमा नयाँ कीर्तिमान

सुन प्रतितोला ९२ हजार ५०० मा कारोबार

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । 

अघिल्लो दिन प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ३०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार कायम भएको छ जसको मूल्य गत शुक्रवार प्रतितोला रु ९१ हजार ७०० तोकिएको थियो ।

त्यस्तै,  आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार १९० तोकिएको महासङ्घले जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८३ डलर आसपास कारोबार भइरहेको छ । 

 

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ११ : २२ बजे