काँग्रेस केन्द्रीय सदस्यमा ढुङ्गाना र रिजाल निर्विरोध निर्वाचित

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएका ढुङ्गाना र रिजाल निर्विरोध निर्वाचित हुनुभएको हो । ढुङ्गाना र रिजाल दुवै जना संस्थापन पक्षका हुनुहुन्छ ।

प्रदेश २ को खुला क्लस्टरमा जंगीलाल यादवले पनि उम्मेदवारी दिनुभएको थियो । तर, यादवले आइतबार उम्मेदवारी फिर्ता लिनुभएपछि उहाँहरू निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ११ : ११ बजे