‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

 बागलुङमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु 

गलकोट । बागलुङमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । 

मङ्गलबार एक महिलाको धवलागिरि अस्पताल र एक पुरुषको होम आइसोलेशनमा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । 

जिल्लाको ढोरपाटन नगरपालिका–४ निवासी ६६ वर्षीया महिलाको धवलागिरि अस्पतालमा मृत्यु भएको हो । उहाँको मृत्युपछि पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । 

यस्तै बागलुङ नगरपालिका–४ का ७७ वर्षीय पुरुषको होम आइसोलेशनमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

वैशाख २२ गते गण्डकी मेडिकल कलेजमा उहाँलाई कोरोना पुष्टि भएको थियो । उहाँ पोखराबाट फर्केलगत्तै होम आइसोलेशनमा रहेको बेला मृत्यु भएको घिमिरेले बताउनुभयो ।  

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : १६ बजे