बगेर खेर गइरहेछ भोटको नुन

सर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवा गर्ने सरकारकाे तयारी

काठमाडौँ । सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै सरकारले राखेका सर्तहरूको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो ।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटकले सामाजिक सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

अब अहिले टिकटकले पत्र लेखेर नेपालका सबै कानुन र सर्त मान्ने लिखित प्रतिबद्धता जनाएपछि प्रतिबन्ध फुकुवाको तयारी सुरु भएको सञ्चार मन्त्रालयसम्बद्ध स्रोतले जानकारी दिएको छ ।

चीन सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउन पटक पटक विभिन्न तहबाट दबाब दिँदै आएको छ । सञ्चार मन्त्रालय स्रोतले टिकटकले लिखित प्रतिबद्धता जनाए पनि यसको नियमन कसरी गर्ने भन्ने विषय छलफलमा रहेको बताएको छ ।

टिकटकमा प्रतिबन्ध लगाउँदा तत्कालीन प्रधानमन्त्री प्रचण्डले कांग्रेस एमालेलाई विश्वासमा लिएर गरेका कारण अहिले फुकुवा गर्दा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र माओवादी केन्द्रलाई समेत विश्वासमा लिनुपर्ने समेत बताइएको छ ।

टिकटक प्रतिबन्धपछि सर्वोच्च अदालतमा मुद्दाहरु समेत दायर भएका छन् र सुनुवाइको क्रममा रहेका छन् ।


प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  २ : ४४ बजे