मिस्टर एण्ड मिस लिटिल पुर्बेलीको पहिलो अडिसन सम्पन्न

इटहरी (सुनसरी) । बालबालिकाको सौन्दर्य र बौद्धिक विकासलाई उजागर गर्ने उद्देश्यले ग्लोबल ड्रिम्स म्यानेजमेन्ट तथा ओपन स्पेस प्रालिको संयुक्त आयोजनामा कोशी प्रदेश इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’ प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ ।

यो अडिसनमा इटहरी र वरपरका ८ देखि १४ वर्षसम्मका ८० जना बालबालिका सहभागी थिए । गोर्खा होटलको सभाहलमा भएको अडिसनअघि बालबालिकाका अभिभावकहरूलाई समेत ओरेन्टेसन गराइएको थियो ।

दोस्रो अडिसनपछि प्रतियोगितामा सहभागी बालबालिकाहरूका लागि २५ दिने व्यक्तित्व विकास, बोल्ने शैली, प्रश्नोत्तर क्षमता वृद्धि, योग लगायत तालिमको व्यवस्था गरेको आयोजकले जनाएको छ । तालिमपछि ग्राण्ड फिनालेमार्फत विजेताको चयन गरिने र विजेतालाई ३० हजार नगदसहित आकर्षक पुरस्कार दिने जनाइएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  २ : २६ बजे