साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सन् २०२३ मा विश्वभरका द्वन्द्वमा २८० सहायताकर्मीको मृत्यु

काठमाडौँ । सन् २०२३ मा विश्वभरका द्वन्द्वमा २८० सहायताकर्मीको मृत्यु भएको छ । गत वर्षको तुलनामा यस वर्ष मृत्यु हुनेको संख्याअझ डरलाग्दो हुनसक्ने राष्ट्रसंघले चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयले सो जानकारी दिएको हो ।

ओसीएचएका अनुसार २०२३ मा ३३ देशमा २८० सहायताकर्मीको मृत्यु भएको थियो । जबकि २०२२ मा ११८ जनाको मृत्यु भएको थियो ।

अक्टोबरमा सुरु भएको इजरायल-गाजा युद्धको पहिलो तीन महिनामा सहायताकर्मीहरूको आधाभन्दा बढी मृत्यु भएको थियो । यसमा पनि हवाई हमलामा अधिकांश सहायताकर्मी मारिएका छन् । तीमध्ये अधिकांश संयुक्त राष्ट्र संघको एजेन्सी युएनआरडब्लुएका सदस्य थिए ।

यस वर्ष अगस्त ७ सम्म १७२ सहायताकर्मीको मृत्यु भइसकेको राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनीयो गुटेर्रेसले सुडानसहित अन्य देशहरूमा सहायताकर्मीमाथि आक्रमण भएको बताउँदै उनीहरूको हत्या गरिएको घाइते बनाइएको र अपहरण समेत गरिएको बताएका छन् ।
   

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  २ : १५ बजे