साफ यू–१७ च्याम्पियनसिप आजदेखि

विद्यालयहरूमा सहयोग गर्दै कलाकार प्रशान्त गिरी

काभ्रे ।  कलाकार प्रशान्त गिरीले बनेपामा रहेका विभिन्न  विद्यालयलाई सहयोग गरेका छन् । पछिल्लो समय व्यवसायको सिलसिलामा अमेरिकामा रहेका कलाकार गिरी केही साता अघि मात्र नेपाल आएका हुन् । नेपाल आएका गिरीले आफु जन्मेको ठाउँमा रहेका चारवटा विद्यालयलाई सहयोग गरेको हुन् ।

गिरीले बनेपा वडा नं. १ मा रहेको सपनेश्वर मा.वि.मा अध्ययनरत विद्यार्थीहरूका लागि एक हजार मूल्य पर्ने १ सय ३० सेट ट्रयाकसुट सहयोग गरेका हुन् ।भने बनेपा २ मा रहेको रत्नचुडेश्वर मा.वि.मा विद्यालयका लागि रङ्गिन प्रिन्टर एक थान, साउण्ड सिस्टमका लागि रु ६० हजार सहयोग गरेका हुन् ।

त्यसैगरी गिरीले बनेपा २ मा रहेको श्वेत बराह मा.वि.का लागि विद्यालयको ३९ औँ वार्षिक उत्सवको अवसरपारी विद्यालयमा अध्ययनरत  विद्यार्थीका लागि ५० हजार बराबरको खेलकुद तथा शैक्षिक सामाग्री, विद्यालयको नाम र गतिविधि स्पष्ट देखिने ४५ हजार रुपैयाँ बराबरको डिजिटल बोर्ड सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराम घिमिरेले जानकारी दिए ।

त्यसैगरी गिरीले बनेपा नगरपालिका वडा नं ३ मो चुनातालमा रहेको अरुणोदय आाधारभुत विद्यालयलाई फोटोकपी मेसिन सहयोग गरी हस्तान्तरण गरेका छन् ।

गिरीले नेपाली कथानक चलचित्र वाउन्सरमा नायकको भूमिका निर्वाह गरेका छन् । ‘थ्याक्ंयु’बाट नेपाली फिल्ममा डेव्यु गरेका गिरी हरर सिनेमा ‘साइना’मा मुख्य अभिनेताको रुपमा समेत काम गरेका थिए । गिरीले आगामी दिनमा चाँडै नयाँ नेपाली फिल्म  ‘बजरंगी’ लिएर आउने र यस्तै सहयोग गर्ने बचन दिए । नेपाल फर्केर गिरी पेट्रोलियम पदार्थ, रेष्टुरेन्ट व्यावसाय र रियल स्ट्रेड व्यवसायमा  सक्रिय छन् ।  गिरी अमेरिकामा पनि ग्याँस र लिक्युड लगायतका व्यवसायमा सक्रिय रहदै आएका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ९ : ३१ बजे