दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

जन्ती बोकेको बस दुर्घटना : एकको मृत्यु, आठ जना गम्भीर घाइते 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४, बिञ्जेलमा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जन्ती बोकेको बा२ख ५६१४ नम्बरको बस शनिवार राति दुर्घटना हुँदा बस चालक बलेफी–६ बदर्पाका राजु तामाङको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बलेफी–५ का स्थानीय सन्तोष भुजेलको विवाहको जन्ती लिएर काभ्रेको भुम्लु जान लागेको बस  शनिवार राति ९ः०० बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । अन्य सामान्य घाइते भएका छन् ।  घाइतेलाई उपचारको लागि सिन्धु सदाबहार अस्पताल खाडीचौर र धुलिखेल अस्पताल लगिएको छ । 

बसमा ३० जना सवार रहेको अनुमान गरिएको छ । घाइतेको सनाखत हुन बाँकी  छ ।

 

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ८ : ०८ बजे