‘नेशनल डे कन्सर्ट’ सम्पन्न

साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

काठमाडौँ । नेपालले साफ यू-२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

नेपालको जितमा खेलको २४औँ मिनेटमा निराजन धामीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समूह ए बंगलादेश र श्रीलंकासँग रहेको छ । 

अब नेपालले समूह चरणको अर्को खेल बिहीबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ । 
 


प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ५ : २१ बजे