‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कोरोना संक्रमणका कारण एमाले नेता पशुपति चौलागाईंको निधन

काठमाडौं । नेकपा एमालेका नेता तथा वागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईंको कोरोना संक्रमणका कारण निधन भएको छ ।

उहाँको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो ।

मनमोहन मेमोरियल अस्पतालमा चार दिनअघि भर्ना हुनुभएका चौलागाईंको मंगलवार साँझ निधन भएको एमालेले जनाएको छ । 

वागमती प्रदेशका प्रदेशसभा सदस्य चौलागाई एमालेका प्रभावशाली नेता हुनुहुन्थ्यो ।

नेता चौलागाईंले वैशाख २१ गते सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको थियो  । केही दिन होम आइसोलेसनमा बस्नुभएका  उहाँ स्वास्थ्यमा थप समस्या भएपछि  अस्पताल भर्ना हुनुभएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : ५५ बजे