नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बङ्गलादेशका अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसबीच शुक्रबार टेलिफोन वार्ता भएको छ ।
बङ्गलादेशमा सत्ता परिवर्तनपछि हिन्दू अल्पसङ्ख्यक समुदायहरूमाथि आक्रमणका समाचारहरू आइरहेका बेला दुई नेताबीच भएको यो पहिलो कुराकानी हो ।
यो कुराकानीपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “मलाई मोहम्मद युनुसको फोन आयो । यस क्रममा हामी दुवैले बङ्गलादेशको वर्तमान परिस्थितिको बारेमा कुरा गर्यौं।”
भारतका प्रधानमन्त्री मोदीले फोनवार्तामा आफूले भारतको बङ्लादेशलाई हेर्ने अडान पूर्ववत रहेको र बङ्गलादेशको परिवर्तित राजनीतिक सन्दर्भमा लोकतन्त्र, स्थिर र शान्तिपूर्णको बङ्गलादेशको लागि कुरा राखेको बताउनुभएको छ ।
उहाँले एक्समा लेख्नुभएको छ, “मैले लोकतान्त्रिक, स्थिर, शान्तिपूर्ण र प्रगतिशील बङ्गलादेशका लागि भारतको समर्थन दोहो¥याएँ । उहाँ (मोहम्मद युनुस) ले बङ्गलादेशका हिन्दू र सबै अल्पसङ्ख्यकको सुरक्षाको आश्वासन दिनुभएको छ ।”
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको मुद्दालाई उठाएर सुरू भएको विद्यार्थी आन्दोलनमा व्यापक जनसहभागिता देखिएपछि हेलिकप्टरमा आफ्ना निकट सहयोगी लिएर तत्कालिन प्रधानमन्त्री शेख हसिना भारतको नयाँदिल्ली पुग्नुभएको थियो ।
प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार ७ : ४२ बजे
प्रतिक्रिया