अविलम्ब सबै जनसंगठनको अधिवेशन गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै जनवर्गीय संगठनहरुको अधिवेशन गर्न निर्देशन दिनुभएको छ । 

पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्नुहुँदै  अध्यक्ष ओलीले संगठनहरु मनोनित पदाधिकारीबाट चलिरहेको भन्दै अविलम्ब सबै संगठनका अधिवेशन आयोजना गर्न निर्देशन दिनुभएको हो । अब जनसंगठनहरु अधिवेशनबिना निरन्तर रहन नसक्ने उहाँले बताउनुभयो  । ओलीले तत्काल अधिवेशन गर्न हरेक जनसंगठनलाई निर्देशित गर्नुभएको हो । 
 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  २ : ५५ बजे