साफ यू–१७ च्याम्पियनसिप आजदेखि

स्काईवेल ब्राण्ड गाडीको एकमात्र आधिकारिक वितरक जि मोटर्स प्रा. लि. हो : प्रबन्धक निर्देशक गेलाल

काठमाडौं । जि मोटर्स प्रा. लि. का एमडी कैलाशबाबु गेलालले जि मोटर्स प्रा. लि. स्काईवेल ब्राण्डका गाडीहरुको नेपालमा एकमात्र आधिकारिक वितरक रहेको बताउनुभएकाे छ ।

साथै उहाँले पछिल्लो समय एउटा कुनै अमूक कम्पनिले हङ्ककङको एजेन्ट कम्पनीसँग गरेको तथ्य उजागर गर्नुभयाे । सम्झौतालाई आधार बनाएर भन्सार प्रयोजनमा निकालेको मूल्य सूचिलाई लिएर समाचार बनाउनु आफैंमा खेदपुर्ण रहेको दावी गर्दै सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गर्नुभएकाे छ ।

त्यस्तै उहाँले चीनस्थित स्काईवेलले कसैलाई पनि वितरक नियुक्त नगरेको समेत अवगत गराउनुभएकाे छ । साथै प्रवन्ध निर्देशक गेलालले यो फेक काम गर्ने अनि यसमा सघाउ पुर्याउने बिरुद्द सम्मानित अदालतले न्यायिक निर्णय गर्नेसमेत अपेक्षा गर्दै स्काइवेलको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले अर्को विद्युतीय एसयूभी ल्याउने तयारी भएको पनि जानकारी गराउनुभयाे ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  २ : ०७ बजे