रक्षाबन्धन : शासन सत्तामा बस्नेहरुलाई सतर्क हुन सुझाव

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार जुनसुकै समयमा सर्वसाधारणले रक्षाबन्धन गर्नसक्ने जनाएको छ । शासन सत्तामा रहेकाहरूलाई भने दिउँसो साढे १ बजेपछि मात्र रक्षाबन्धन गर्न समितिले सुझाव दिएको छ ।

समितिले विज्ञप्ति निकालेर भदौ ३ गते सोमबार पूर्णिमा तिथि ४७ घडी १९ पला रहेको र त्यस दिन दिउँसो १ः३१ बजेसम्म भद्रा परेको जनाएको छ । यो वर्ष भद्रा परेकाले रक्षाबन्धन गर्न नहुने चर्चाबीच समितिले विज्ञप्ति नै निकालेर प्रष्टीकरण दिएको हो । समितिले शुक्रबार विज्ञप्तिअनुसार भदौ ३ गते सोमबार पूर्णिमा तिथि ४७ घडी १९ पला छ । घण्टा मिनेट अनुसार त्यसदिन दिउँसो १ बजेसम्म भद्रा परेको छ ।

यसलाई लिएर रक्षाबन्धन गर्न नहुने नहुने अन्यौल पैदा भएपछि प्रष्ट पारेको समितिका कार्यकारी निर्देशक ज्यो। प। सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार भद्रामा श्रावणीसम्बधी काम गरे शासन सत्तामा रहेकाहरु र होलिका दहन गरेमा गाउँ एवं शहर नाश हुन्छ भनेर शास्त्रमा लेखिएको छ ।

रक्षाबन्धनमा श्रावणी सम्बन्ध काम गर्ने भएकाले शासन सत्तामा रहेकाहरुले १ः३१ कटाएर रक्षाबन्धन गर्न राम्रो हुन्छ । सर्वसाधारणलाई भने असर नगर्ने भएकाले रक्षाबन्धन गर्न सकिने उहाँले बताउनुभयो । किनकी भद्रा मत्र्यलोकमा भएका बेला मात्र हानी हुन्छ । अहिले मकर राशीमा चन्द्रामा भएकाले पातालको हुन्छ र, यसमा कुनै पनि कार्य गर्दा धन लाभ हुने शास्त्रमा उल्लेख छ ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ८ : २७ बजे