‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नेपालमा दुई करोड मात्रा खोप लगाइयो

काठमाडौँ । नेपालमा कोरोना भाइरस विरुद्धको दुई करोड मात्रा खोप लगाइएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना भाइरस विरुद्धको खोप दुई करोड मात्रा लगाइएको बताउनुभयो । उहाँका अनुसार दुई करोड दुई लाख ३४ हजार ८२२ मात्रा खोप लगाइएको छ । 

तीमध्ये एक करोड १० लाख ६६ हजार ४६४ जनाले एक मात्रा र ९१ लाख ६८ हजार ३५८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । 

सबभन्दा बढी शुक्रवार खोप लगाएका छन् । उहाँका अनुसार तीन लाख २९ हजार ३२१ जनाले खोप लगाएका छन् । सरकारले दैनिक दुई लाख जनालाई खोप उपलब्ध गराउने व्यवस्था गरेको छ । 

सरकारले गत माघदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरेको हो । अहिले सबै नागरिकलाई सरकारले खरिद गरेर र कोभ्याक्समार्फत ल्याएका खोप लगाउँदै छ । 

यस्तै, लक्षितमध्ये ५५.५ प्रतिशतले पहिलो मात्रा र ४६ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । 

नेपालमा एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने सरकारको लक्ष्य छ । मन्त्रालयका सह प्रवक्ता डा.अधिकारीले दुई करोड ९४ लाख ५३ हजार ७३० मात्रा खोप आइपुगेको छ । 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १२ : २५ बजे