साफ यू–१७ च्याम्पियनसिप आजदेखि

ऋण तिर्दैनौं भन्नेबाट बैंक अप्ठ्यारोमाः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको लिएको ऋण तिर्दैनौं भन्ने व्यक्तिहरुका कारण विगत डेढ वर्षदेखि बैंक अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् ।
अर्थ समितिमा बैंकिङ कुसूर तथा सजाय(दोस्रो संशोधन) विद्येयक– २०८० को दवाफार छलफलको क्रममा उनले सामाजिक अभियन्ता दुर्गा प्रसाइप्रति लछित गर्दै बैंकको ऋण तिर्दिन भन्नेहरुले बैंकलाई अप्ठ्यारोमा पारेको बताएका हुन् ।
उनले भने, ‘केहि ब्यक्तिहरुले ऋण तिर्नु हुँदैन भन्ने प्रचार प्रसार गरेका छन् । यसले ढेढ वर्षदेखि बैंकलाई अप्ठ्यारो परेको छ, त्यसैले यस्तो किसिमको अनगर्ल प्रचार रोक्न पनि त्यस्ता व्यक्तिलाई फौजदारी कसूर लगाउनु पर्छ ।’
उनले भने, ‘एउटा बैंक असफल भयो भने झनै विकराल अवस्था आउँछ, यसबारे बेलैमा विचार पु¥याउनु पर्छ ।’
त्यस्तै उनले चेकअनादार बिषय आफैमा फौजदारी अभियोग भएकाले बैंकिङ कसूर भनिरहन नपर्ने बताउँदै उनले अहिलेको वर्तमान परिप्रेक्ष्यमा बैंकिङ कुसूर तथा सजाय (दोस्रो संशोधन) विद्येयक २०८०लाई पुरै पुनर्लेखन गर्नु पर्ने पनि बताएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ४ : ५४ बजे