सुजाता कोइराला प्रकाशमानको टिमबाट उपसभापति उठ्ने

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि सुजाता कोइरालाले पूर्व महामन्त्री प्रकाशमान सिंहको टिमबाट उपसभापति उठ्ने हुनुभएको छ  । 

प्रकाशमान सिंह पक्षका एक नेताका अनुसार अहिलेसम्मको समझदारी अनुसार नेतृ कोइरालालाई उपसभापति उठ्ने निर्णय भएको हो । 

ती नेताका अनुसार प्रकाशमान नेतृत्वको टिमबाट सुजाता उपसभापतिको उम्मेदवार बन्ने निश्चित भएको छ । नेतृ कोइरालाको उम्मेदवारी घोषणा केही बेरमा हुने बताइएको छ ।

सभापतिका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएका प्रकाशमानले आज आफ्नो अवधारणा पत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १० : ३५ बजे